लाङटाङ लिरुङको उत्तरी भेगमा भएको विशाल हिमपहिरोपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा प्राकृतिक बाँध बनेर पानी जम्मा हुन थालेपछि त्यसले फेरि अचानक बाढी निम्त्याउन सक्ने जोखिम बढेको हो।
स्थलगत अवस्थाको अवलोकनपछि प्रधानमन्त्री शाहले काठमाडौं फर्किएर सामाजिक सञ्जालमार्फत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिएका छन्। उनले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष जानकारी लिएको बताएका छन्।
बेपत्ता विदेशीमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै छ। नेपाल पर्यटन बोर्डका अनुसार १७८ भारतीय नागरिक बेपत्ता छन्। त्यसपछि अमेरिकाका कम्तीमा ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ नागरिक बेपत्ता रहेको विवरण छ। दक्षिण कोरियाका नौ जना सम्पर्कविहीन छन् भने थप १० जना प्रभावित क्षेत्रमा फसेका छन्। सिंगापुरका नौ, जर्मनी र रुसका आठ–आठ तथा दक्षिण अफ्रिका र लाट्भियाका छ–छ नागरिक पनि बेपत्ताको सूचीमा छन्। जापान र न्युजिल्याण्डका कम्तीमा पाँच–पाँच नागरिक सम्पर्कवि…