नेपालमा बाढीको शोक : बाढीमा ३० भन्दा बढी देशका नागरिक बेपत्ता, खोजीका लागि दूतावासदेखि उद्धार टोलीसम्म परिचालन (हराइरहेका ६६८ पर्यटक सूचीसहित)
बेपत्ता विदेशीमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै छ। नेपाल पर्यटन बोर्डका अनुसार १७८ भारतीय नागरिक बेपत्ता छन्। त्यसपछि अमेरिकाका कम्तीमा ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ नागरिक बेपत्ता रहेको विवरण छ। दक्षिण कोरियाका नौ जना सम्पर्कविहीन छन् भने थप १० जना प्रभावित क्षेत्रमा फसेका छन्। सिंगापुरका नौ, जर्मनी र रुसका आठ–आठ तथा दक्षिण अफ्रिका र लाट्भियाका छ–छ नागरिक पनि बेपत्ताको सूचीमा छन्। जापान र न्युजिल्याण्डका कम्तीमा पाँच–पाँच नागरिक सम्पर्कवि…