भोटेकोशीदेखि त्रिशूलीसम्मको ‘हिमाली सुनामी’ : बस्ती बगाउने बाढी, सयौँ बेपत्ता र राज्यसामु उभिएका गम्भीर प्रश्न
यो विपत्ति केवल एउटा जिल्लाको बाढी होइन। स्याफ्रुबेँसीदेखि टिमुरे, भोटेकोशीको तटीय क्षेत्र, त्रिशूली करिडोर हुँदै नुवाकोट र धादिङसम्म यसको प्रभाव देखिएको छ। नदीको बहावसँग जोडिएका बस्तीहरूमा क्षतिको आकार हेर्दा २०७२ सालको भूकम्पपछि देशले सामना गरेको ठूलो जनधनको क्षतिमध्ये यो पनि एक हुनसक्ने प्रारम्भिक आकलन गर्न थालिएको छ।