काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारका सकारात्मक काममा आफ्नो पार्टीले सहयोग र समर्थन गर्ने, तर गलत निर्णय तथा कामको आलोचना र विरोध गर्ने नीति रहेको स्पष्ट पारे ।
उनले पछिल्लो राजनीतिक परिस्थितिले देशका सबै जिम्मेवार पक्षलाई थप गम्भीर र उत्तरदायी बन्नुपर्ने आवश्यकता देखाएको उल्लेख गर्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकहरूले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोेड दिए ।
दाहालले मुलुकको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने भन्दै लामो राजनीतिक संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
“नेपाली राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकाय केही हदसम्म अन्योलमा रहेको देखिन्छ,” दाहालले भने, “सरकारले राम्रो काम गरे सहयोग र समर्थन हुन्छ, तर नराम्रो कामको आलोचना र विरोध गरिन्छ। अहिले पनि हाम्रो नीति यही हो।”
राष्ट्रिय स्वाधीनता र जनताको हितलाई केन्द्रमा राखेर राज्यका सबै संयन्त्रले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले देशको हितभन्दा माथि कुनै विषय नरहेको पनि उल्लेख गरे । न्युज एजेन्सी नेपाल
राजनीति र राज्य संयन्त्र अन्योलमा छ : पुष्पकमल दाहाल
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारका सकारात्मक काममा आफ्नो पार्टीले सहयोग र समर्थन गर्ने, तर गलत निर्णय तथा कामको आलोचना र विरोध गर्ने नीति रहेको स्पष्ट पार्नुभयो।
हिमालपारी
हिमालपारी समाचार डेस्क।