नेपालका बाढीपहिरो पीडितका लागि अकल्याण्डमा फन्डरेजिङ डिनर हुने
अकल्याण्ड । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायको सहयोगका लागि न्युजिल्याण्डको अकल्याण्डमा ‘टुगेदर फर नेपाल’ फन्डरेजिङ डिनर आयोजना हुने भएको छ। न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा हुने कार्यक्रम ११ सेप्टेम्बर २०२६ शुक्रबार साँझ ६ बजे फ्रिमेन्स बे कम्युनिटी सेन्टर, अकल्याण्डमा आयोजना गरिने आयोजकले जनाएको छ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुँदै नेपाललाई आवश्यक परेको समयमा साथ दिन आयोजकले न्युजिल्याण्डमा रहेका नेपाली तथा अन्य समुदायका सदस्यलाई आग्रह गरेको छ।
कार्यक्रममार्फत संकलन हुने शतप्रतिशत रकम नेपालमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMO Account) मा पठाइने छ।
कार्यक्रम विवरण:
📅 मिति: ११ सेप्टेम्बर २०२६
🕕 समय: साँझ ६ बजे
📍 स्थान: फ्रिमेन्स बे कम्युनिटी सेन्टर, अकल्याण्ड