काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला श्रेणीअन्तर्गत ३५ जना केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतगणनाको नतिजाअनुसार पार्टीका चर्चित नेताहरूले लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
सार्वजनिक परिणामअनुसार डा. स्वर्णिम वाग्ले सर्वाधिक २ हजार ६०७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनीपछि प्रतिनिधिसभा सदस्य सोविता गौतम २ हजार ५९४ मत सहित दोस्रो स्थानमा परेकी छन्।
त्यसैगरी शिशिर खनाल ले २ हजार ४९५ मत, सागर ढकाल ले २ हजार ३३३ मत तथा डा. तोसिमा कार्की ले २ हजार २५७ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने उम्मेदवारहरूको सूचीमा परेका छन्।
रास्वपाले खुला श्रेणीबाट ३५ जना केन्द्रीय सदस्य चयन गरेको हो। निर्वाचनमा पार्टीका विभिन्न तहका नेताहरूबीच प्रतिस्पर्धा भएको थियो। अन्तिम मतपरिणामसँगै पार्टीको नयाँ केन्द्रीय नेतृत्वको संरचना स्पष्ट बन्दै गएको छ। अब अन्य समावेशी समूह तथा पदाधिकारी चयनको प्रक्रिया पनि अघि बढ्ने पार्टीले जनाएको छ।
चर्चित उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण
– डा. स्वर्णिम वाग्ले: २६०७ मत
– सोविता गौतम: २५९४ मत
– शिशिर खनाल: २४९५ मत
– सागर ढकाल: २३३३ मत
– तोसिमा कार्की: २२५७ मत
– रञ्जु दर्शना: २२४९ मत
– मनिष झा: २२३७ मत
– हरि ढकाल: २२१९ मत
– कविन्द्र बुर्लाकोटी: २१८४ मत
– विपिन आचार्य: २१२६ मत
– रमेश प्रसाईं: २१२३ मत
– बिराजभक्त श्रेष्ठ: २०९४ मत
– निशा डाँगी: २०८९ मत
– इन्दीरा रानामगर: २०४७ मत
– गणेश पराजुली: २०४५ मत
– जगदिश खरेल (ललितपुर): २०४४ मत
– पुकार बम: २०३० मत
– प्रमोद न्यौपाने: १८९२ मत
– यज्ञमणी न्यौपाने: १८६९ मत
– सस्मित पोखरेल: १८३३ मत
– राजुनाथ पाण्डे: १८१२ मत
– रिमा विश्वकर्मा: १८१० मत
– असीम साह: १७२८ मत
– खगेन्द्र सुनार: १७०८ मत
– राजीव खत्री: १७०१ मत
– समिक्षा बास्कोटा: १६९९ मत
– गणेश कार्की: १६९३ मत
– जगदिश खरेल (दोलखा): १५१३ मत
– लिमा अधिकारी: १५०४ मत
– टिका संग्रौला: १४९० मत
– शंकर श्रेष्ठ: १४८४ मत
– क्रान्तिशीखा धिताल: १४७९ मत
– आशिका तामाङ: १४३० मत
– सुदीप ढकाल: १४२९ मत
– अनुष्का श्रेष्ठ: १३५३ मत
– रोहन कार्की: १०२२ मत
– अरनिको पाण्डे: ९१२ मत
– धनञ्जय रेग्मी: ८९० मत
– रामजी यादव: ८६९ मत
