हिमालपारी मिडिया ग्रुप लिमिटेड
स्वदेश छोडेर विदेशको नयाँ भूमिमा पुगेको प्रत्येक परदेशीको अनुभव, संघर्ष, सफलता र सपना आफ्नो ठाउँमा अनमोल हुन्छन्। त्यही कथाहरूसँग संसारलाई जोड्ने उद्देश्यले हिमालपारी मिडिया ग्रुप लिमिटेड स्थापना गरेका छौं । साथै, न्यूजिल्याण्ड सरकार र मिडिया काउन्सिलले निर्धारण गरेको सबै नियमको परिधिभित्र रहँदै जिम्मेवारीपूर्ण, सशक्त र प्रभावकारी सञ्चार माध्यमको भूमिका निभाउन हामी प्रतिबद्ध छौं।
विश्वभरी फैलिएका परदेशीहरूको कथा अनगिन्ती छन्, र ती कथालाई जीवन्त बनाइ यहाहरु समक्ष पुर्याउनु हाम्रो मुख्य ध्येय हो। हाम्रो कार्य केवल समाचार प्रसारणमा सीमित छैन्, हामी न्यूजिल्याण्ड तथा विश्वभर रहेका परदेशीहरूको जीवनशैली, गतिविधि, सांस्कृतिक कार्यक्रम, रीतिरिवाज र सामाजिक योगदानको वास्तविक रूप प्रस्तुत गर्छौं। उनीहरूको भाषा, कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्न निरन्तर समर्पित रहन्छौं।
विकास, निर्माण र परिवर्तनको यात्रामा परदेशीले खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै, समाजका साना–ठूला सबै घटनाक्रमलाई विश्वसनीय रूपमायहाँहरु समक्ष पुर्याउनु हाम्रो प्रमुख दायित्व रहने छ । परदेशीहरूको सांस्कृतिक पहिचान र न्यूजिल्याण्डको बहुसांस्कृतिक परिवेशबीच पुल निर्माण गर्दै, दुई समुदायबीचको समझदारी र मिलनको विन्दुमा पुराउन हाम्रो प्रयास निरन्तर रहने छ।
तपाईको कथा, आवाज र संस्कृतिलाई सम्मानका साथ विश्वसमक्ष पुर्याउने, तपाईंका अनुभवलाई ऊर्जा र प्रेरणामा रूपान्तरण गर्ने भरोसायोग्य साथीको रूपमा हिमालपारी मिडिया ग्रुप लिमिटेड सधैं तपाईंको साथमा रहनेछ।
हामी तपाईसँग जोडिएका छौं, आउनुहोस्, मिलेर परदेशी समुदायको कथा, संस्कार र पहिचानलाई अझ उज्यालो बनाऔं ।