काठमाडौं – पछिल्लो निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक मतसहित अग्रस्थान हासिल गरेको छ। सार्वजनिक मत परिणामअनुसार रास्वपाले ३९ लाख ६४ हजार ८३२ मत प्राप्त गर्दै अन्य सबै दललाई निकै ठूलो अन्तरले पछि पारेको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १३ लाख ३५ हजार ७६७ मत प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रहेको छ जसले ११ लाख ३३ हजार ८९७ मत पाएको छ।

यसैगरी चौथो स्थानमा नेपाल कम्युनिष्ट पार्टीले ५ लाख ८१ हजार ४८२ मत प्राप्त गरेको छ भने पाँचौं स्थानमा श्रम संस्कृति पार्टीले २ लाख ८८ हजार ३४२ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७३ हजार ४८९ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी नेपालले १ लाख २३ हजार ९५ मत पाएको छ।

निर्वाचन परिणामले नयाँ राजनीतिक शक्तिको उदय भएको संकेत गरेको विश्लेषकहरूले बताएका छन्। विशेषगरी रास्वपाले प्राप्त गरेको ठूलो मतान्तरले नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना हुने संकेत देखिएको छ।


प्रमुख दलहरूको मत परिणाम (चार्ट)

क्रमराजनीतिक दलप्राप्त मत
1राष्ट्रिय स्वतन्त्र पार्टी३९,६४,८३२
2नेपाली कांग्रेस१३,३५,७६७
3नेपाल कम्युनिष्ट पार्टी (एमाले)११,३३,८९७
4नेपाल कम्युनिष्ट पार्टी५,८१,४८२
5श्रम संस्कृति पार्टी२,८८,३४२
6राष्ट्रिय प्रजातन्त्र पार्टी२,७३,४८९
7जनता समाजवादी पार्टी, नेपाल१,२३,०९५
8राष्ट्रिय परिवर्तन पार्टी१,१५,७४५
9जनमत पार्टी५२,७२५
10एकल चिन्ह चकिया (जाँतो) गठबन्धन४५,२४४
11नेपाल मजदुर किसान पार्टी३९,११८
12राष्ट्र निर्माण दल नेपाल२७,६०१
13राष्ट्रिय जनमोर्चा२६,३३३