काठमाडौं
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन सबै तयारी पुरा गर्न कम्मर कसेर लाग्न सरोकारवाल सबै निकायलाई निर्देशन दिएका छन् ।
सोमवार आयोगमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि, विगतमा यसमा काम गरेका विशेषज्ञहरूबाट सुझाव लिएर काम गरे कठिन नहुने स्पष्ट पारे । उनले भने, ‘निर्वाचन प्रक्रिया अघि बढाउँदा कुनै झन्झट नमानिकन सूत्रअनुसार नै कार्यान्वयन गर्र्नु पर्छ ।’
“संवैधानिक व्यवस्था अनुसार हाम्रो देशमा दुई प्रकारका निर्वाचन प्रणाली छन् — प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन। समानुपातिक प्रणाली अन्तर्गत दलहरूले आफ्ना उम्मेदवारको सूची पेश गर्छन् र तिनै कार्यक्रमअनुसार अन्तिम नामावली कायम गरिन्छ। यस प्रणालीले विभिन्न वर्ग, समुदाय र क्षेत्रको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्छ। निर्वाचन सम्पन्न गर्ने क्रममा केही जटिलता देखिए पनि सूत्र र फर्मुला स्पष्ट भएकाले, पूर्वसुझाव लिइ कार्यान्वयन गर्दा कठिनाई हुँदैन। कम्मर कसेर निर्वाचन सम्पन्न गर्न आवश्यक छ, उनले भने ।
आयोगमा समानुपातिक निर्वाचन प्रणालीको लागि निर्वाचन अधिकृतको कार्यालय सोमवारबाट स्थापना भएको र अब सोसँग सम्बन्धित कामहरू प्रारम्भ हुने पनि जानकारी दिए । सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ।
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्न निर्देशन
