रेन्जु जोसे र लुसी क्रेमर

सिड्नीको बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पगेको छ । सिड्नीको बोन्डी बिचमा आयोजित यहूदी धार्मिक कार्यक्रममा भएको आक्रमणमा अन्धाधन्द गोली चलाउदा एक बालिका सहित पन्ध्र सवसाधरण र एक आक्रमनकारी गरी १६ जनाको मृत्यु भएको अष्ट्रेलियन प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार अन्धाधुन्द गोली चलाउने ब्यक्ति बाबु–छोरा भएको जनाएको छ । प्रहरीका अनुसार मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको छ ।

यो घटना करिब ३० वर्षयताकै अष्ट्रेलियाको सबैभन्दा भयावह बन्दुक आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५० वर्षका बाबुको घटनास्थलमै मृत्यु भएको थियो भने उनका २४ वर्षीय छोरा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले यो जानकारी दिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार गर्मीको साँझ अत्यधिक भीड भएको उक्त प्रसिद्ध समुद्र तटमा करिब १० मिनेटसम्म गोली चलेको थियो । त्यसपछि सयौँ मानिसहरू समुद्र किनार, नजिकका सडक र पार्कतर्फ भागाभाग गरेका थिए । प्रहरीले उक्त कार्यक्रममा करिब १ हजार मानिस सहभागी भएको जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणपछि हालसम्म ४० जना अस्पतालमा उपचाररत छन् । तीमध्ये दुई प्रहरी अधिकारीको गम्भीर घाइते भएका छन् । घाइतेहरुको उपचार भइ रहेको स्थिति स्थिर रहेको छ ।

आइतबार भएको घटनामा दुई जना आक्रमणकारी संलग्न रहेकोमा आफूहरू विश्वस्त रहेको अधिकारीहरूले बताएका छन् । घटनाबारे अनुसन्धान जारी छ भने यहूदी समुदाय बसोबास गर्ने क्षेत्रमा आज बिहानदेखि प्रहरी उपस्थिति बढाइएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो आक्रमणलाई “हाम्रो राष्ट्रका लागि अँध्यारो क्षण” भनेका छन् । उनले आक्रमणको उद्देश्य पत्ता लगाउन प्रहरी र सुरक्षा निकायहरूले गहिरो अनुसन्धान गरिरहेको बताए ।

“हिजो हामीले देखेको घटना शुद्ध दुष्टता थियो, यहूदीविरोधी घृणाबाट प्रेरित आतंकवादी हमला थियो, र त्यो पनि अष्ट्रेलियाको एक प्रतीकात्मक स्थानमा,” अल्बानिजले पत्रकारहरूलाई बताए । रोयटर्स