न्युजिल्यान्ड फूड सेफ्टीले क्राइस्टचर्चस्थित एक विद्यालयमा भेटिएको मोल्ड लागेको (सडेका) भोजन सम्बन्धी अनुसन्धान पूरा गर्दै सरकारी विद्यालय भोजन आपूर्तिकर्तामध्ये एकलाई कुनै खाद्य सुरक्षा जोखिम नदेखिएको निष्कर्ष निकालेको छ। गत सोमबार हेआटा कम्युनिटी क्याम्पसका केही विद्यार्थीलाई सडेको लन्च बक्स वितरण गरिएको थियो।
फूड सेफ्टीका अनुसार सबैभन्दा सम्भावित कारण भनेको अघिल्लो हप्ताका लागि तयार गरिएका लन्चहरू अनायासै सोमबारको लन्चसँग मिसिनु हो। अनुसन्धाताहरूले ‘स्कुल लन्च कलेक्टिभ’ ले पुरानो भोजन विद्यालयमा पुर्याएको सम्भावना अत्यन्तै न्यून पाएको बताए। तर विद्यालयले भने यो मिश्रण (मिक्स–अप) आफूहरूको तर्फबाट नभएको दाबी गर्दै आएको छ।
खाद्य सुरक्षा नियामक निकायले अनुसन्धानपछि केही सिफारिसहरू गर्दै भोजन ट्रेसिङ र रिपोर्टिङ प्रक्रियामा सुधार गरे यस प्रकारको जोखिम दोहोरिन नदिने जनाएको छ।
फूड सेफ्टीका उपमहानिर्देशक भिन्सेन्ट आर्बकलले भने, “सबैभन्दा सम्भावित व्याख्या भनेको अघिल्लो हप्ताका लागि बनाइएका भोजन सोमबारका भोजनसँग मिसिनु हो। हामीलाई थाहा छ, यस घटनाले विद्यालयका अभिभावक र विद्यार्थीमा ठूलो चिन्ता उत्पन्न गर्यो, त्यसैले सम्भावित कारणबारे स्पष्ट र स्वतन्त्र जानकारी दिन जरुरी ठान्यौँ।”
उनका अनुसार अन्य विद्यालयहरूलाई सोही दिन सोही भोजन पठाइएको थियो तर कहीं पनि समस्या देखिएको थिएन। कम्पास क्राइस्टचर्च किचनमा रेफ्रिजरेसन क्षमताको कारण सोमबारका लागि आवश्यक मात्र भोजन तयार गरिएको पुष्टि भएको छ।
हेआटा क्याम्पसले अघिल्लो शुक्रबार शिक्षक–मात्रको दिन भएकाले कुनै भोजन पाएको थिएन। सोही दिन सोही डेलिभरी ट्रक अन्य विद्यालयहरूमा फरक भोजन पुर्याउन प्रयोग गरिएको थियो। त्यसकारण सोमबार पुर्याइएको भोजन अघिल्लो हप्ताको हुन सक्ने सम्भावना न्यून भएको आर्बकलले बताए।
फूड सेफ्टीले भनेको छ—अघिल्लो हप्ताका लागि बनाइएका भोजन यिनै क्यान्टिन कन्टेनरमा अनायासै छुट्टै नराखी बसेको हुनसक्छ र यही भोजन विद्यार्थीलाई उपलब्ध गराइयो। आर्बकलले भने, “हामी विद्यालयलाई दोष लगाइरहेझैं होइन। तर व्यवस्थापन प्रक्रियामा सुधार आवश्यक छ।” उनका अनुसार कन्टेनरहरूको संख्या र ट्र्याकिङ अझ राम्रो भए यस्तो समस्या दोहोरिनबाट रोक्न सकिन्थ्यो। फोटो र समाचार स्रोत आरएनजेड
