अकल्याण्ड। न्युजिल्याण्ड नेपाल सोसाइटी (एनजेडएनएस) ले एनजेडएनएस टेबलटेनिस प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी १५ अगस्ट २०२६ (शनिबार) बिहान ८ बजेदेखि अकल्याण्डस्थित लिनफिल्ड युथ एन्ड लेजर सेन्टर, माउन्ट रोस्किलमा आयोजना हुनेछ।

सोसाइटीले प्रतियोगिताका लागि इच्छुक खेलाडीहरूलाई समयमै आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ। हालै सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको सफलतापछि नेपाली समुदायलाई खेलकुदमार्फत थप एकताबद्ध बनाउने उद्देश्यले टेबलटेनिस प्रतियोगिता आयोजना गर्न लागिएको सोसाइटीले जनाएको छ।

प्रतियोगितामा पुरुष र महिला गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। न्युजिल्याण्डभर रहेका नेपाली खेलाडी तथा खेलप्रेमीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, स्वस्थ प्रतिस्पर्धामा सहभागी हुने तथा समुदायबीच आपसी सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा प्रतियोगितालाई लिन सोसाइटीले सबैलाई आग्रह गरेको छ।

एनजेडएनएसका सदस्यहरूका लागि प्रतियोगितामा प्रवेश निःशुल्क रहनेछ। सदस्यता नलिएका वा नवीकरण गर्न बाँकी रहेका व्यक्तिले प्रतियोगिताअघि सदस्यता लिन वा नवीकरण गर्न सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ। साथै, विद्यार्थी सदस्यता तथा उनीहरूका परिवारको सदस्यता निःशुल्क उपलब्ध हुने जानकारी पनि दिइएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले समयमै दर्ता गर्न तथा थप जानकारीका लागि सनम रोका (०२७ ९२५ ५००१), गोपी कार्की (०२२ ०२९ ०३३४) वा अर्जुन लामडारी (०२२ ४५४ ८७०५) लाई सम्पर्क गर्न सकिने सोसाइटीले जनाएको छ।

For tournament Registration:

https://docs.google.com/…/1FAIpQLSewRHc8YHG…/viewform…