न्युजिल्याण्ड र भारतबीच बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौता आगामी अप्रिल २७ मा नयाँ दिल्लीमा हस्ताक्षर हुने भएको छ। व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले कानुनी प्रक्रिया पूरा भएको पुष्टि गर्दै यो सम्झौताले दुई देशबीचको व्यापार सम्बन्धमा महत्वपूर्ण मोड ल्याउने बताएका छन् ।

सम्झौताअनुसार न्युजिल्याण्डका करिब ९५ प्रतिशत निर्यातमा शुल्क घटाइने वा हटाइनेछ भने भेडाको मासु, ऊन र वनसम्बन्धी उत्पादनहरू तत्कालै शुल्कमुक्त हुनेछन् । यसले १ अर्ब ४० करोड जनसंख्या भएको भारतीय बजारमा न्युजिल्याण्डका व्यवसायलाई ठूलो अवसर प्रदान गर्ने सरकारको भनाइ छ ।

यद्यपि विपक्षी दलले पर्याप्त समर्थन बिना सम्झौता हस्ताक्षर गर्न नहुने भन्दै आलोचना गरेका छन् । सम्झौताले अतिरिक्त निर्यात वृद्धि र व्यापार विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । फोटो आरएनजेड