न्युजिल्याण्डका विभिन्न क्षेत्रमा आज आँधीसहित भारी वर्षा भएको छ । कतिपय स्थानमा पानी जम्ने र सामान्य भौतिक क्षति देखिए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
मेटसर्भिसका अनुसार केही क्षेत्रमा ठूलो चट्याङ र असिना समेत परेको छ । मौसम पूर्वानुमान अनुसार नगेट प्वाइन्ट, ओवाका, काका प्वाइन्ट तथा नगेट प्वाइन्ट आसपासका समुद्री क्षेत्रमा गर्जनसहितको आँधीको जोखिम अझै कायम रहेको छ । ती क्षेत्रमा आँधीसँगै अत्यधिक वर्षा र ठूलो आकारको असिना पर्ने सम्भावना रहेको मेटसर्भिसले जनाएको छ ।
मेटसर्भिसका अनुसार प्रभावित क्षेत्रहरूमा प्रति घण्टा २५ देखि ४० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
