एनआरएनए न्युजिल्याण्डले न्युजिल्याण्डभर आयोजना गरिएको ‘स्कूल होलिडे आर्ट प्रतियोगिता’को नतिजा सार्वजनिक गरेको छ। एनआरएनए न्युजिल्याण्डका अनुसार प्रतियोगितामा देशभरबाट ५० वटा चित्रकला प्राप्त भएका थिए।
चित्रकलालाई समूहअनुसार वर्गीकरण गर्दा ४–७ वर्ष समूहबाट ९, ८–११ वर्ष समूहबाट २५ र १२–१८ वर्ष समूहबाट १६ वटा चित्रकला प्राप्त भएका थिए। प्राप्त चित्रकलाहरूलाई मापदण्डमा आधारित मूल्याङ्कन प्रणालीअनुसार तीन सदस्यीय निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो। निर्णायक मण्डलको नेतृत्व साहित्यकार डा. बिरेन्द्र केसीले गरेका थिए भने टिका रेग्मी र नमिता दवाडी सदस्यका रूपमा रहेका थिए।

प्रतियोगितामा ४–७ वर्ष समूहअन्तर्गत निहेला श्रेष्ठ प्रथम, शेजल देवकोटा द्वितीय र सव्य पौडेल तृतीय भएका छन्। ८–११ वर्ष समूहमा अरासी पाण्डे प्रथम, बृहात पौडेल द्वितीय र सान्वी प्रधानाङ्ग तृतीय भएका छन्। त्यसैगरी १२–१८ वर्ष समूहमा प्रेशा कर्माचार्य प्रथम, ओजस्वी भुजेल द्वितीय र जोरास तामाङ तृतीय स्थान हासिल गरेका छन्।
आयोजकले प्रतियोगितामा सहभागी सबै बालबालिका तथा अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै उनीहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको जनाएको छ। विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र आगामी अप्रिल १८, २०२६ मा क्राइस्टचर्चमा आयोजना हुने नेपाल फेस्टिभलका अवसरमा वितरण गरिनेछ।
विजेताहरू यसप्रकार छन्:
४–७ वर्ष समूह:
प्रथम – निहेला श्रेष्ठ
द्वितीय – शेजल देवकोटा
तृतीय – सव्य पौडेल
८–११ वर्ष समूह:
प्रथम – अरासी पाण्डे
द्वितीय – बृहात पौडेल
तृतीय – सान्वी प्रधानाङ्ग
१२–१८ वर्ष समूह:
प्रथम – प्रेशा कर्माचार्य
द्वितीय – ओजस्वी भुजेल
तृतीय – जोरास तामाङ
