काठमाडौं । ‘आमाको आँखा’ नामक लघुकथा सङ्ग्रह अब बजारमा सजिलै पाइने भएको छ। लेखक तथा साहित्यकार शोभा अधिकारीद्वारा लिखित लघुकथा सङ्ग्रह एक कार्यक्रमबीच राजधानी काठमाडौंमा विमोचन भई बजारमा उपलब्ध गराइएको हो ।

शनिवार आयोजित कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको बताइन् । उनका अनुसार यी कथामार्फत मानवीय संवेदना र समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको छ ।

उनले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ बढी केन्द्रित भइरहेका अवस्थालाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गरिन् । विशेषगरी आमाको भूमिका, माया र आवश्यकतालाई कथाहरूमा गहिरो रूपमा उठाइएको उनको भनाइ छ ।

‘आमाको आँखा’ लघुकथा सङ्ग्रहमा जम्मा ४२ वटा कथाहरू समावेश गरिएको जनाइएको छ ।