काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा डोजर चलाएको छ । शुक्रबार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा तथा संरचनाहरू हटाइएको हो ।

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार अनधिकृत रूपमा निर्माण गरिएका पाँच वटा टहराहरू भत्काइएको छ। उनले महानगरभित्र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउने अभियान पुनः सुरु गरिएको जानकारी दिए ।

जोशीले भने, “पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अवैध टहराहरू हटाइएको छ र यो प्रक्रिया निरन्तर चलिरहनेछ ।” कोषको जग्गामा कवाड व्यवसाय तथा अन्य प्रयोजनका लागि बनाइएका संरचना हटाइएको महानगरले जनाएको छ ।