नाइन टु नून
यात्रामा रुचि राख्ने लिओपार्ड परिवारले २०२१ मा १५ महिनाको लामो क्याम्पिङ यात्रामा जाने निर्णय गर्यो। त्यसपछिका मोडहरूले उनीहरूलाई यात्राप्रति अझ उत्साही बनायो र सडक जीवनप्रतिको आकर्षण झन् बढाउँदै लग्यो। अहिले उनीहरू अफ ग्रिड क्याराभानसहित देशभर घुमिरहेका छन्।
माइक र सोफी लिओपार्ड र उनीहरूका तीन छोराछोरी—१३ वर्षीया जेड, १२ वर्षीया रेयली र १० वर्षीया टोबी—रोटरुवामा स्थिर र सुखद जीवन बिताइ रहेका थिए। “हामीलाई क्याम्पिङ मन पर्थ्यो, तर हरेक यात्रा धेरै छोटो लाग्थ्यो,” उनीहरूले रेडियो एनजेडको नाइन टु नूनसंग भने । “हामी तीन हप्ताको क्याम्पिङ योजना बनाउँथ्यौँ, त्यो समय साँच्चै रमाइलो हुन्थ्यो। बच्चाहरूले प्रकृतिलाई आफ्नै खेल मैदान जस्तै प्रयोग गरेको देख्दा हाम्रो मन खुसीले भरिन्थ्यो। उनीहरू आफ्ना खेलहरू बनाउँथे, रूख चढ्थे, कल्पनालाई खुला रूपमा उड्न दिन्थे। तर, त्यस्तो समय सधैँ पर्याप्त हुँदैनथ्यो।”

त्यसैले हामीले अझ लामो यात्रामा निस्कने निर्णय गरे। हामीसंग पहिले सानो तथा कम तौलको कारभान थियो, तर त्यो कल्पना गरेको जीवनशैलीका लागि पर्याप्त थिएन। हामीले सानो क्याराभान बेचेर ठूलो किन्ने निर्णय गर्यौ । त्यसका लागि हामीसंग भएका अन्य अन्य सम्पत्तिसमेत बिक्री गर्नु प¥यो र अनी अलिक धेरै काम पनि गर्नु पयो । राम्रो मेहनत पछि अन्ततः हामीले ठूलो, ग्रिडबाहिर चल्ने क्याराभान खरिद गर्न सफल भयाौ ।
क्याराभानका सुविधाबारे बताउँदै लिओपार्डले भने, “हाम्रो क्याराभानमा सौर्य प्यानल र पर्याप्त ब्याट्री क्षमता छ। क्याराभानभरि पावर प्वाइन्ट उपलब्ध छन्, जसले गर्दा हामी आवश्यक सबै विद्युतीय उपकरण चलाउन सक्छौं। पाँच जनाको परिवारका लागि बस्न र काम गर्न पर्याप्त ठाउँ छ। विशेषगरी बाहिरको मौसम प्रतिकूल हुँदा भित्रै बस्नुपर्ने स्थितिलाई ध्यानमा राखेर कारभान बनाएको हो। सबै सदस्यका आफ्नै सुत्ने कोठा पनि छन्।”
रोटरुवामा रहेको आफ्नो घर भाडामा लगाएका छन्, र पेशाले प्लास्टरर रहेका माइकले आफ्नो काम पनि यात्रासँगै अघि बढाइरहेका छन्। यसले उनीहरूको बचतलाई थप मद्दत पुगेको छ। सोफी भन्छिन्, “केटाकेटीहरूको लागि होम स्कुलको व्यवस्था छ। हामी जहाँ पुगे पनि पाठ्यक्रम आउँछ। उनीहरू घरमै बसेर पढिरहेका छन्।”
“हामीले पहिले सोचेका थियौँ, जेठी छोरी हाई स्कूल जानु परेपछि यात्रा रोक्नुपर्ला कि? तर रोकिएन। उनी आफैँ यात्राका लागि उत्साहित थिइन् र उनले हाई स्कूल पनि घरमै बसेर पूरा गर्ने निर्णय गरिन्।” उनले थपिन्, “केटाकेटीहरूको सडक स्कुलिङ राम्रोसँग चलिरहेको छ।”

“हामीसँग उत्कृष्ट शिक्षकहरू छन्। उनीहरूले अनलाइन स्कुलिङ उपलब्ध गराउँछन् र बच्चाहरूको रुचि तथा आवश्यकताअनुसार उपयुक्त पाठ्यक्रमबारे सल्लाह दिन्छन्।”
यात्रा सरल छैन। “त्यहाँ बसेर सबै चाहना पूरा गर्न सकिँदैन,” उनी भन्छन्। “जाडोमा क्याराभानको बिजुली व्यवस्थापन कठिन हुन्छ। पानीको स्रोत धेरै टाढा हुने भएकाले सीमित पानीमा काम चलाउनुपर्छ, कहिलेकाहीँ धेरै दिन नुहाउन नपाइने अवस्था पनि आउँछ। तर, तैपनि हामी सबै सुखी र सन्तुष्ट छौँ।”
RNZ मा प्रकाशित लेखको अनुबादित अंश र फोटो
