न्युजिल्याण्ड सरकारले १९ अप्रिल २०२६ देखि पीक सिजनल भिसाका लागि स्वास्थ्य बीमासम्बन्धी नियमहरू परिमार्जन गरेको छ । सरकारले परिवर्तन गरेको नयाँ नियमले न्युजिल्याण्डमा रहेका बीमा योजनासँग मेल खाने गरी आवश्यक प्रक्रियहरुलाई सजिलो र स्पष्ट बनाएको उल्लेख छ।

नयाँ नियम अनुसार कभरहरू जस्तै पहिलेबाट रहेका रोग, गर्भावस्था, आत्महत्या, एचआएभी लगायतका अवस्थाहरू बीमाबाट बाहिर राख्न सकिनेछ। साथै, मृत शरीर स्वदेश फिर्ता गर्ने खर्च कभर गर्नुपर्ने अनिवार्यता पनि हटाइएको छ । सरकारका अनुसार यस परिवर्तनले आप्रवासी र नियोक्तालाई बीमा प्रक्रिया सजिलो बनाउने र आवेदनमा हुने ढिलाइ कम गर्ने उल्लखे छ