अकल्याण्ड, न्यूजिल्याण्ड।
रितिरिवाज र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ हालै स्थापना गरिएको नेपाली युवाहरूको साझा संस्था ‘हाम्रो एकता’ ले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा विशेष दैँशी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष सौरव बस्तेका अनुसार उक्त कार्यक्रम भाइटिकाको दिन, अर्थात् आउँदो बिहीबार, अकल्याण्डस्थित एओटिया स्क्वायरमा साँझ ६ बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुन भाइटिका लगाएर आउन सबै नेपालीहरूलाई अनुरोध गरिएको छ। अध्यक्ष बस्तेका अनुसार, “यो कार्यक्रमले हाम्रो कला, संस्कृति र एकताको भावना झल्काउनेछ।”
‘हाम्रो एकता’ले यस कार्यक्रममार्फत विदेशमा रहेका नेपाली युवाहरूबीच संस्कृति, सहकार्य र पहिचानको एकता बलियो बनाउन चाहेको जनाएको छ।
संस्थाले न्यूजिल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो सांस्कृतिक गौरव प्रदर्शन गर्न अपिल गरेको छ।
