काठमाडौं – क्रिकेट संघ नेपाल ९क्यान० र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव ९एमसीसी० ले नेपाल प्रिमियर लिग ९एनपीएल० मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेशन्स निर्देशक रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरेका हुन् । यो अवार्ड प्रत्येक एनपीएल संस्करणमा खेलको साँचो मर्म – निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिने दावी गरिएको छ।

एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवद्र्धन गर्ने ‘स्पिरिट अफ क्रिकेट’ अभियानको भागको रूपमा यस अवार्डको सुरुवात गरेको हो। यस पहलले नेपालमा क्रिकेटको खेल भावना र खेलको मर्यादा अझ बलियो बनाउने अपेक्षा छ।