कम्बोडिया ।
थाइल्यान्डसँग बढ्दो सीमा तनावका कारण एक लाखभन्दा बढी कम्बोडियाली नागरिक विस्थापित भएका छन् । बढ्दो सिमा बिवाद र असुरक्षाका कारण उनीहरु अफ्नो थातथलो छाडेर सुरक्षित स्थानमा सर्न बाध्य भएका हुन् । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाका अनुसार हालसम्म १ लाख १ हजार १२९ व्यक्ति विस्थापित भएका छन् ।
विस्थापित हुनेहरुमा महिला, बालबालिका, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूको संख्या बढी छ ।
प्रवक्ता सोचेटाका अनुसार थाइल्यान्डले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाका सैन्य चौकी र बस्ती क्षेत्रमा एफ–१६ लडाकू जेट र भारी विनाशकारी हतियार प्रयोग गर्दै निरन्तर आक्रमण गरेको आरोप लगाए। उनले यस द्वन्द्वमा हालसम्म सात कम्बोडियाली नागरिकको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिए ।
