काठमाडौं । नेपाली कांग्रेस यतिबेला विभाजनको आन्तरिक राजनीतिमा खाडलको डिलमा छ । मंगलबार राति अबेरसम्म सहमति पहलकदमी गरे पनि विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच नेतृत्व परिवर्तन र पार्टी सुधारका विषयमा सहमति हुन नसक्द पार्टी करिव करिब विभानको विन्दुमा पुगेको हो ।
विशेष महाधिबेशन संगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन र विशेष महाधिवेशनका निर्णयहरूलाई पार्टीले स्वामित्व लिनुपर्ने जोड दिएर ंस्थापन पक्षसंग वार्ता अघि बढाएका थिए । तर, सभापति शेरबहादुर देउवा नेतृत्व परिवर्तनमा सहमत नभएपछि पक्षहरूबीच आपसी संवादबाट कुनै निष्कर्ष निस्कन सकेको छैन ।
संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू विगत दुई दिनदेखि निरन्तर वार्तामा थिए । उनीहरुबीच विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन, हलबाट पारित नीति तथा सुधारका प्रस्तावलाई लागू गर्न र नेतृत्वका बारेमा निर्णय गर्न वार्ता भइरहेको थियो । नेतृत्व परिवर्तन र रणनीतिमा सहमति खोज्ने प्रयासका कारण विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका समेत पछि धकेलिएको थिये, भने संस्थापन पक्षले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ८ बजेका लागि सारेको थियो । तर सहमति नभएपछि बैठक मूल विषयमै प्रबेश गर्न सकिरहेको छैन ।
वार्तामा संस्थापनतर्फ सहभागी नेताहरू बालकृष्ण खाण र रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व स्वीकार गर्न र नीति तथा सुधारका प्रस्ताव लागू गर्न कुनै समस्या नभएको बताएका थिए । तर, नेतृत्व परिवर्तनको प्रस्तावबारे सहमति हुन नसकेपछि वार्ता सफल हुन नसकेको उनीहरुको भनाई छ ।
वर्तामा विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्वका सम्बन्धमा तीन विकल्प अघि राखेका थिए । जसमा विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, सभापति देउवाले राजीनामा दिएर नेतृत्वमा मात्र निर्वाचन गर्ने, संस्थापन पक्षले चाहेका व्यक्तिसमेत समावेश गरेर अन्तरिम सभापति नियुक्त गर्ने।
यी सबै प्रस्तावमा पनि संस्थापन पक्ष तयार नभएपछि, विशेष महाधिवेशन पक्षले ‘हाइकमान्ड’ विकल्प अघि सारिएको बताइएको छ, जसमा सभापतिलाई आधिकारिक तथा प्रतिनिधिमूलक भूमिका दिने र कार्यवाहक सभापति तथा महामन्त्रीद्वयको संयोजनमा पार्टी सञ्चालन गर्ने भन्ने पनि थियो ।
