नयाँ कार्य समिति चयन गर्दै क्यान्टाबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा सम्पन्न भएको छ। सभाले निवर्तमान उपाध्यक्ष जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध रूपमा चयन गरेको छ। सभाले उपाध्यक्षमा विनोद कँडेल, सचिवमा दुर्गा अर्याल, सह–सचिवमा कोपिला काफ्ले, र कोषाध्यक्षमा केशव कँडेललाई चयन गरेको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रतिमा ढकाल आचार्य, तीर्थमणि अर्याल, विजय भुशाल, नबिना के।सी।, बद्री अधिकारी, विजय बराल, विशाल गौतम र चेतन शर्मा चयन भएका छन्।

सभामा संस्थाका अध्यक्ष दीपक पाण्डेयद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायण सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। सहभागि सदस्यहरूले संस्थाको गतिबिधि, उपलब्धि र आगामी योजनाबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले नव–निर्वाचित कार्यसमितिले ती सुझावहरूलाई आत्मसात गर्दै सोसाइटीका कार्यक्रमहरूलाई अझ प्रभावकारी, समावेशी र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका थिए।

नव–निर्वाचित अध्यक्षले क्यान्टाबरी क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध गर्दै सोसाइटीलाई साझा संस्था बनाउनु आफ्नो लक्ष्य रहेको बताउनु भयो। साथै, सभाको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सदस्य, निर्वाचन मण्डल, पूर्व पदाधिकारी र शुभेच्छुकहरूप्रति अभार प्रकट गर्दै आगामी दिनमा पनि उतिकै साथ र सहयोगका लागि सबैसंग अपील गर्नु भयो।

Photo: Canterbury Nepalese Society Inc. Facebook page