काठमाडौं । जेन–जी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका केपी शर्मा ओली ११औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका छन् । २०७१ सालदेखि एमालेको नेतृत्व सम्हालेका ओली यस महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष बनेका हुन्। कुल २२२७ मतमध्ये १६६३ मत ओलीले प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याए ।

एमालेका बहुमत महाधिवेशन प्रतिनिधिहरूले लोकतान्त्रिक प्रक्रिया मार्फत ओलीलाई नेतृत्वमा चयन गरी वैधानिक अनुमोदन दिएका छन्। यसले उनको पार्टीभित्रको पकड पुनः पुष्टि गरेको छ। महाधिवेशनको नतिजाले ओलीलाई आगामी पाँच वर्षसम्म पार्टी सत्तामा बस्ने वैधानिकता दिएको छ।

पछिल्लो दशकमा चारपटक प्रधानमन्त्री बनेर करिब ६ वर्ष शासन गरेका छन् र दुई कार्यकाल एमाले अध्यक्ष भएर पार्टी नेतृत्व सम्हालेका छन्। १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् ।

यस्तो बन्यो टिम :

अध्यक्ष (१)

  • केपी शर्मा ओली : १६६३ (विजयी)
  • ईश्वर पोखरेल : ५६४ (पराजित)

उपाध्यक्ष (५)

  • पृथ्वीसुब्बा गुरुङ : १७३७ (विजयी)
  • विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
  • रामबहादुर थापा बादल : १५१६ (विजयी)
  • गोकर्णराज विष्ट : १३६८ (विजयी)
  • रघुजी पन्त : १२५८(विजयी)
  • गुरुप्रसाद बराल : ११३७ (पराजित)
  • बिन्दा पाण्डे : ९२१ (पराजित)
  • परशुराममेघी गुरुङ : ४६१ (पराजित)
  • अरुण नेपाल : ४३९ (पराजित)
  • टकंप्रसाद कार्की : ३५८ (पराजित)
  • भीमप्रसाद आचार्य : २६५ (पराजित)

महासचिव (१)

  • शंकर पोखरेल : १२२८ (विजयी)
  • सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)

उपमहासचिव (३)

  • लेखराज भट्ट : १४५२ (विजयी)
  • रघुवीर महासेठ : १३६८ (विजयी)
  • योगेस भट्टराई : १३४८ (विजयी)
  • विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
  • आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
  • वैजनाथ चौधरी : ५१७ (पराजित)
  • राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)

सचिव (९)

  • महेश बस्नेत : १५४४ (विजयी)
  • पद्माकुमारी अर्याल : १५३० (विजयी)
  • छविलाल विश्वकर्मा : १५०६ (विजयी)
  • शेरधन राई : १५०३ (विजयी)
  • हिक्मतकुमार कार्की : १३३७ (विजयी)
  • खगराज अधिकारी : १२३१ (विजयी)
  • यमलाल कँडेल : ११८५ (विजयी)
  • राजन भट्टराई : ११८१ (विजयी)
  • भानुभक्त ढकाल : ११०८ (विजयी)
  • गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
  • ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
  • रचना खड्का : ८७७ (पराजित)
  • कर्णबहादुर थापा : ८४७ (पराजित)
  • अग्निप्रसाद खरेल : ७१६ (पराजित)
  • विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
  • कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
  • लालबाबु पण्डित : ४९६ (पराजित)
  • पेम्बा लामा : ४९३ (पराजित)
  • पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
  • इन्द्रलाल सापकोटा : ४०५ (पराजित)

फोटो : अनलाईन खबरबाट