न्युजिल्यान्ड रग्बीले अल ब्ल्याक्सका मुख्य प्रशिक्षक स्कट “रेजर” रोबर्टसनलाई पदमुक्त गरेको छ। २०२७ को रग्बी विश्वकपको तयारी अपेक्षित गतिमा अघि नबढेको ठहर गर्दै रोबर्टसनलाई हटाउने निर्णय गरिएको न्युजिल्यान्ड रग्बीका अध्यक्ष डेभिड किर्कले जनाएका छन्।
रोबर्टसनको स्थानमा नयाँ प्रशिक्षक खोज्ने प्रक्रिया तत्काल सुरु गरिनेछ। रोबर्टसनले अल ब्ल्याक्सको प्रशिक्षक बन्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताउँदै टोलीको हितका लागि आफू पदबाट अलग भएको प्रतिक्रिया दिएका छन्।
