अकल्याण्डको भिक्टोरिया पार्क आज विरोध प्रदर्शनको केन्द्र बिन्दु बनेको छ। डेस्टिनी चर्चका संस्थापक ब्रायन तामाकी ले “न्यूजिल्याण्डका सच्चा देशभक्त” (True Patriots of NZ) समूहको नेतृत्व गर्दै न्यूजिल्याण्डलाई बचाउने मार्च (March to Save New Zealand) आयोजना गर्नुभएको हो।
प्रदर्शनमा विभिन्न उमेर समूहका मानिस, विद्यार्थी र परिवारहरूको सहभागी छन्। True Patriot” र “Kiwis First” लेखिएका टी–शर्ट लगाएका छन् र नयाँ झण्डा बोकेका छन्। आयोजकहरूले बारम्बार शान्तिपूर्ण र जिम्मेवार व्यवहारको अनुरोध गरेका छन्।
प्रहरीले सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि मोटरवे र पार्क वरिपरि कर्डन बनाएका छन्। Fanshawe रोडमा अन–र्याम्प र अफ–र्याम्पमा रोक लगाइएको छ र सडक केही स्थानमा बन्द गरिएको छ।
प्रदर्शनको क्रममा तामाकीले भीडसँग सम्बोधन गर्दै देशप्रति आफ्नो माया, मूल्य र पारम्परिक क्रिश्चियन विचारधाराको संरक्षण गर्न आह्वान गर्नुभएको थियो। उहाँले भन्नुभयो, “हामी यहाँ छौँ किनभने हाम्रो देश संकटमा छ। हामीले आफ्नो देश, मूल्य र संस्कृतिलाई सुरक्षित राख्नुपर्छ।”
शहरभर अन्य प्रदर्शनहरू पनि भइरहेका छन्। प्रा–प्यालेस्टाइन अधिकार समूह “Toitū Te Aroha” ले ब्रिटोमार्टमा जम्मा भएर क्विन स्ट्रिट हुँदै मायर्स पार्कसम्म मार्च गर्ने योजना बनाएको छ। साथै, इरानी समुदायको समर्थनमा पश्चिमी पार्क, पोंसनबीमा साँझ ६ बजे अर्को प्रदर्शन हुने छ।
शहरको मुख्य सडक र पार्कमा भएको भिडले अकल्याण्डमा आज विशेष ध्यानाकर्षण गराएको छ। प्रहरी, आपत्कालीन सेवा र आयोजकहरूले सबैलाई शान्तिपूर्ण, सुरक्षित र जिम्मेवार रहन अनुरोध गरेका छन्। Photo : RNZ
