प्रधानमन्त्री क्रिस्टोफर लक्सन आगामी हप्तामा वाइटाङीमा सहभागि हुनुहुने भएको छ । प्रधानमन्त्री लक्सन गत वर्षको वाइटाङीमा सहभागि हुनु भएको थिएन । उहाँले यो वर्ष भने, माओरी समुदायसँग भेट गर्ने तथा कार्यक्रमहरुमा सहभागि हुने बताउनु भएको हो ।

तर, प्रधानमन्त्री लक्सन वाइटाङी डेको दिन उत्तरमा भने बस्ने छैनन्, अकल्याण्डमा आयोजित सामुदायिक कार्यक्रममा सहभागी हुनेछन्। उनका प्रवक्ताका अनुसार लक्सनले मौसम प्रतिक्रिया र अर्थतन्त्र विकासका कामबारे माओरी समुदाय (इवी) सँग छलफल गर्न उत्साहित रहेको बताएका छन्।

यस भ्रमणसँगै संसदका सबै पार्टी नेताहरू पनि उत्तरतर्फ यात्रा गर्ने तयारीमा छन्। एक्ट का नेता डेविड सिमरले यस अवसरलाई प्रयोग गरी सबै नागरिक समान अवसर र सम्मानको अधिकार भएको सन्देश दिने बताउनुभएको छ।

माओरी क्राउन रिलेसन्स मन्त्री टामा पोताकाले वाइटाङीलाई एकताको प्रतीकको रूपमा वर्णन गर्दै सन्धि दावी समाधान र कार्यान्वयनमा पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो। अघिल्ला प्रधानमन्त्रीहरूले वाइटाङी डेको अवसरमा फरक दृष्टिकोण अपनाएका थिए, जस्तै क्रिस हिप्किन्स र जेसीन्डा आर्डर्नले लामो समय उत्तरमा बिताएका थिए भने जोन की र हेलेन क्लार्कले व्यक्तिगत परिस्थितिअनुसार योजना परिवर्तन गरेका थिए।