काठमाडौं । ५ मंसिर
सिनियर विश्व कराँते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाली कराँते टोली आइतबार इजिप्टको काइरो प्रस्थान गर्ने भएको छ। नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका तर्फबाट एरिका गुरुङ (६८ केजीमाथि) तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् भने सानुमाया थिङ ले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।
टोलीसँगै नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, कृष्णप्रसाद गौतम, टिम व्यवस्थापक रवि महर्जन तथा प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि इजिप्ट जादै छन्। साथै तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँग सहभागी हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक समारोहका बीच टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
