प्रतिनिधिसभाको समानुपातिकतर्फबाट पठाइने सांसदहरूको नाम टुङ्ग्याउन नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा जारी रहेको छ।

पार्टी महासचिव शंकर पोखरेलका अनुसार बैठकमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम अन्तिम रूप दिने र हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्ने कार्यसूची रहेको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आइतबारसम्म समयसीमा तोकेको छ। सोही कारण एमालेले आवश्यक निर्णय लिन सचिवालय बैठक बोलाएको हो।