नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबारका लागि सचिवालय बैठक बोलाएको छ। बैठकमा समानुपातिक सूचीमार्फत प्रतिनिधिसभामा पठाइने उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिने बताइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ निर्वाचित हुने अधिकांश प्रतिनिधि युवा पुस्ताका रहेका छन् भने पदाधिकारीहरू भने पराजित भएका छन्। यस अवस्थालाई ध्यानमा राख्दै संसदीय दलको नेतृत्वबारे पनि छलफल हुन सक्ने बताइएको छ।
स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई समानुपातिकमार्फत संसदमा लगेर संसदीय दलको नेता बनाउन सक्ने सम्भावना रहेको बताइएको छ।
