लन्डन। युरोपेली संसदमा रुस समर्थक बयान दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्सका पूर्व नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ।
गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो प्राप्त गरेको र उनीकै निर्देशनमा लन्डनको ओल्ड बेली अदालतमा लिखित बयान पेस गरेको तथा टेलिभिजनमार्फत पनि सोही धारणा सार्वजनिक गरेको आरोपमा दोषी ठहर भएका हुन्।
उनको बयानमा युक्रेनको लोकतन्त्रप्रति प्रश्न उठाइएको थियो र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरिएको थियो। १० वर्ष छ महिनाको सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले गिलले आफ्नो पदबाट प्राप्त ‘महत्त्वपूर्ण अधिकार र विश्वासको दुरुपयोग’ गरेको बताइन्। न्यायाधीशका अनुसार गिलको गतिविधिले एक सुपरनेशनल विधायिकाको ‘अखण्डतामै चोट’ पुर्‍याएको छ।
अदालतले गिलले विदेशी नागरिकबाट भुक्तानी लिएर उनीहरूको आदेशअनुसार अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो व्यक्तिगत रायको रूपमा प्रस्तुत हुने बयान दिएको र अन्य सांसदलाई पनि यसमा संलग्न गराउने प्रयास गरेको पुष्टि गरेको छ। गिल सन् २०१४ देखि २०२० सम्म सांसद रहेका थिए र त्यतिबेला यूकेआइपी पार्टीका सदस्य हुन्। उनी २०२१ मा निगेल फराजको रिफर्म यूके वेल्सका नेता बनेका थिए। साथै, २०१६–२०१७ मा वेल्स संसद ९सेनेड० का सदस्य पनि थिए।
उनीलाई सन् २०१८ डिसेम्बरदेखि २०१९ जुलाईसम्म युक्रेनी राजनीतिज्ञ ओलेग वोलोसिनबाट घूस लिएको आठ मुद्दामा दोषी ठहर गरिएको हो। वोलोसिनलाई पछि अमेरिकाले प्रतिबन्ध लगाएको र युक्रेनमा देशद्रोहको आरोप पनि लगाइएको थियो। अभियोजन पक्षका अनुसार गिलले सो अवधिमा झण्डै ४० हजार पाउण्ड ९करिब ५२ हजार अमेरिकी डलर० प्राप्त गरेका थिए। क्राउन प्रोसिक्युशन सर्भिस ९ऋएक्० का बेथान डेभिडका अनुसार, “यो मुद्दाले लोकतान्त्रिक निष्ठामाथि गम्भीर प्रहार गरेको छ।” सुरक्षा मन्त्री डान जार्भिसले फैसला पछि गिलको कार्यलाई “देश, जनता र राष्ट्रिय सुरक्षाप्रति विश्वासघात” भनेर टिप्पणी गरेका छन्।
स्रोत : बीबीसी