नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक सञ्चालन भइरहेको हो।

पदभार ग्रहणको प्रक्रिया पूरा गरेर मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्।

यसअघि रामचन्द्र पौडेल ले आजै बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। साथै नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका थिए।

शपथपछि सबै मन्त्रीहरूले सिंहदरबार पुगेर आ–आफ्नो मन्त्रालयको पदभार ग्रहण गरिसकेका छन्। सरकारले तत्काल गर्ने प्राथमिक कामहरूबारे आजको मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।