काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको ९ दिनमै सबै संसदीय समिति गठन गरिएको छ।

संघीय संसदअन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति यसअघि नै गठन भइसकेका छन्।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने बाँकी दुई वटा संयुक्त समिति रहेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सबै समितिहरू गठनको प्रस्ताव प्रस्तुत गरिएको थियो, जसलाई सभाले स्वीकृत गरेको छ।

संसदीय सुनुवाइ समिति पनि शुक्रबार नै गठन गरिएको छ। समितिको सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन्।

विषयगत समितिका सदस्याहरुको नामावाली