काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार भएको निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा निर्वाचित भएको सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराए।

ठाकुरलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो। राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले निर्वाचनमा भाग लिएन।

आजको बैठकमा २५६ सांसद उपस्थित थिए। तीमध्ये २२९ जनाले रुबीकुमारी ठाकुरको पक्षमा मतदान गरेका थिए। ५ जनाले विपक्षमा मतदान गरे भने २२ जना तटस्थ बसे। राप्रपाकी सरस्वती लामाको पक्षमा जम्मा ५ मत खसेको थियो।