काठमाडौं – कुवेतको उत्तरी क्षेत्रमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइने भएको छ।

नेपाल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेको तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय प्रशासन र सम्बन्धित कम्पनीसँग समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको छ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै आवश्यक कूटनीतिक पहल जारी राख्ने जनाएको छ।