
नेपाली महिला वेलफेयर नेटवर्क इनकर्पोरेटेड न्यूजिल्याण्ड (NWWNI NZ) ले एनआरएनए न्यूजिल्याण्डको सहकार्यमा अकल्याण्डको नर्थशोरमा योगा तथा जुम्बा कक्षाको सुरुवात गरेको छ। तीन महिनासम्म सञ्चालन हुने उक्त कार्यक्रम स्वास्थ्य, तनावमुक्त जीवनशैली र सकारात्मक ऊर्जाको विकास गर्ने उद्देश्यले गत आइतबारबाट सुरु गरिएको हो।
नेपाली समुदायमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित सुरु गरिएको जुम्बा तथा योगा कक्षामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले सहभागिता जनाउन सक्नेछन्। कार्यक्रमको पहिलो कक्षा गत आइतबार सम्पन्न भएको थियो, जसमा उत्साहजनक सहभागिता देखिएको थियो। कक्षामा सहभागीहरूले योगासँगै संगीत र नृत्यमार्फत व्यायाम गर्दै कार्यक्रमलाई रमाइलो र ऊर्जाशील बनाएका थिए।
आयोजकका अनुसार शान्ति, ऊर्जा र स्वास्थ्यको सन्तुलित अनुभव एकै कार्यक्रममार्फत प्रदान गर्ने उद्देश्यले जुम्बासँगै योगा पनि समावेश गरिएको छ। कक्षा प्रत्येक आइतबार नियमित रूपमा सञ्चालन हुनेछ।
कार्यक्रमको विवरण यसप्रकार रहेको छः
𝗩𝗲𝗻𝘂𝗲: 𝗚𝗹𝗲𝗻𝗳𝗶𝗲𝗹𝗱 𝗖𝗼𝗺𝗺𝘂𝗻𝗶𝘁𝘆 𝗖𝗲𝗻𝘁𝗿𝗲, 𝟵𝟲 𝗕𝗲𝗻𝘁𝗹𝗲𝘆 𝗔𝘃𝗲, 𝗚𝗹𝗲𝗻𝗳𝗶𝗲𝗹𝗱, 𝗔𝘂𝗰𝗸𝗹𝗮𝗻𝗱
𝗦𝘁𝗮𝗿𝘁 𝗗𝗮𝘁𝗲: 𝗦𝘂𝗻𝗱𝗮𝘆, 𝟮𝟱 𝗝𝗮𝗻𝘂𝗮𝗿𝘆 𝟮𝟬𝟮𝟲 (𝗧𝗵𝗿𝗲𝗲 𝗺𝗼𝗻𝘁𝗵𝘀)
𝗧𝗶𝗺𝗲: 𝟰:𝟯𝟬 𝗽𝗺 – 𝟲:𝟯𝟬 𝗽𝗺
𝗧𝗿𝗮𝗶𝗻𝗲𝗿: 𝗥𝗼𝘀𝗵𝗮𝗻𝗶 𝗦𝗵𝗮𝗵
𝗖𝗼𝗼𝗿𝗱𝗶𝗻𝗮𝘁𝗼𝗿 𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁: 𝗣𝗿𝗶𝘁𝗶 𝗚𝗮𝘂𝘁𝗮𝗺

