मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा नियमित रूपमा पानी आपूर्ति गर्न थालेको छ। लामो समय ढिलाइपछि आयोजनाले व्यावसायिक रूपमा पानी वितरण सुरु गरेको हो।

आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा आपूर्ति गर्नेछ। यसले करिब २० लाख मानिसलाई सफा पानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। उपत्यकाका विभिन्न स्थानमा पाइपलाइन विस्तारको काम भइरहेको छ।