स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जानकारी दिएकी छिन् । उनल हालसम्म मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति नरहेको र पुरानो स्वास्थ्य नीतिको संशोधन प्रक्रियाका कारण मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति त्यसमा समावेश हुने अपेक्षा गरिएको भएपनि मन्त्रालयले नयाँ नितिलाई नै प्राथमिकतामा राखेको बताइन ।
मन्त्री गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिएन । सर्वोच्च अदालतको परमादेश अनुसार मानसिक स्वास्थ्य सेवा विस्तारका लागि महाशाखा गठन गर्ने विषयमा सरकारपछि नहट्ने उनको भनाई थियो ।
हाल मन्त्रालयले शाखा स्तरबाट मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै मन्त्री गौतमले भनिन् ‘सरकारको लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ।’
मानसिक स्वास्थ्य नीति बनाउँदै सरकार
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जानकारी दिएकी छिन् । उनल हालसम्म मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति नरहेको र
हिमाल पारी
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।