नेप्लिज एसोशियसन बे अफ प्लेन्टी (एनएबीओपी)ले नेपालीहरुको दोस्रो ठुलो पर्व तीहारको अवसरमा दोउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको छ । विदेशमा नेपाली कला र नेपाली पर्वको उत्थान र जगेर्ना गर्ने उद्देश्यले दोउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जानकारी दिएको छ । कार्यक्रम आगामी २१ अक्टोबरमा ग्रेटन कम्युनिटी हल टौरङगा र २२ अक्टोबारमा पापामुवामा हुनेछ ।