काठमाडौँ — अन्य बस्तुको तुलनामा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएपछि आमसर्वसाधारण सुनमा लगानी गर्न थालेका छन् । सुन ब्यावसायीहरुका अनुसार पछिल्लो समय सिक्का, बेरुवा औंठी, बेरुवा बाला, साधारण चेनको माग अत्याधिक बढेको छ ।
वसायीका अनुसार सुनको मूल्य लगातार बढेको छ, बिक्री गर्दा राम्रो मूल्य आओस भनेर आम मानिस बेरुवा औँठी, सिक्कामा लगानी गर्न खोजेको देखिन्छ । नेपालमा ढिक्का सुन बिक्री गर्न भने पाइैदन ।
त्यसो त नेपालमा तिहार नजिकिएपछि सुनको माग बढ्दै जान्छ । सर्वसाधारणले आफ्नो क्षमता अनुसार सुनका गहना किन्छन् । पछिल्लो समय मूल्य अस्वाभाविक रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार दसैंको सार्वजनिक बिदापछि बजार खुल्दा सुनको भाउ तोलामै ७ हजार ४ सय रुपैयाँ बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि मूल्य निरन्तर बढेर असोज २३ (बिहीबार) प्रतिकिलो २ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो । असोज २४ (शुक्रबार) मा मूल्यमा केही करेक्सन आएपनि बजारभाउ अझै बढ्ने आकलन गरिएको छ । जसले गर्दा सर्वसाधारणहरू गहना भन्दा ढिक्कामा आकर्षित भएको व्यवसायीहरू बताउँछन् राजु चौधरीले कान्तिपुर दैनिकमा सामाचार लेखेका छन् ।
।
‘बिहीबारको तुलनामा शुक्रबार ४ हजार २ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएपनि मूल्य अझै बढ्ने देखिन्छ,’ ती व्यवसायीले भने, ‘अन्तराष्ट्रिय बजारमा मूल्य घटबढ भइराखेको छ । भारतीय सञ्चारमाध्यमले पनि मूल्य बढ्ने बताइरहेका छन्, जसले गर्दा सर्वसाधारणहरू सुनको ढिक्कामा लगानी गर्न खोजे ।’
महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले सुनको भाउ दिनदिनै बढेपछि सुनको माग बढेको जनाए । ‘गहना बिक्री भएको छैन । किनभने गहना खरिदपछि बिक्री गर्दा जर्ति, रिस्क मार्जिनलगायत जोडिन्छ । तर बेरुवा औँठीको हकमा करिब २ प्रतिशत मात्रै काट्छन,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘सुनको मूल्य प्रतितोला १ लाख ९० हजार पुगेपछि मूल्यमा निरन्तर वृद्धि भएको छ । ३ लाख रुपैयाँसम्म पुग्छ कि भन्ने पनि बजार हल्ला छ । त्यही कारण सुनमा लगानी बढेको देखिन्छ ।’
Contact Information
75 Larnoch Road, Henderson
Auckland, New Zealand
Contact Information
- March 5, 2026
