न्यूजिल्याण्ड – गैरआवासीय नेपाली संघ, न्यूजिल्याण्डले नेपाल–न्यूजिल्याण्ड फ्रेन्डशिप सोसाइटी अफ क्यान्टर्बरी तथा क्यान्टर्बरी नेप्लीज सोसाइटीको संयुक्त सहकार्यमा ज्येष्ठ नागरिकहरूको लागि विशेष रूपमा आयोजना गरेको ज्येष्ठ नागरिक भ्रमण तथा मराई भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा साठ्ठीभन्दा बढी नेपाली जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको क्रममा सहभागीहरूले मराई स्थल भ्रमण गरी माओरी संस्कृतिबारे जानकारी प्राप्त गरे । त्यसैगरी सहभागीहरूले डेरी फार्म अर्थाता दुध तथा पशुपालन क्षेत्रको अवलोकन पनि गरेका थिए । साथै उनीहरुले भजन–कीर्तन, सामूहिक फोटो खिचाइ र नयाँ परिचय गराउने गतिविधिहरू समेत सम्पन्न गरेका थिए । सहभागीहरूले कार्यक्रम अत्यन्त सकारात्मक र उत्साहजनक भएको भन्दै इसखाले कार्यक्रमले समुदायबीचको सम्बन्ध मजबुत बनाउने र ज्येष्ठ नागरिकहरूलाई आपसमा जोड्ने अवसर प्रदान गरेको उनीहरुको बुझाई थियो ।
विगतमा आयोजना गरिएका कार्यक्रमहरू प्रायः युवा, बालबालिका, खेलकुद, सिर्जनात्मकता र विद्यार्थी केन्द्रित हुने गरेका थिए। तर ज्येष्ठ नागरिकमाथि केन्द्रित यो पहिलो किसिमको कार्यक्रम भएकोले यसको विशेष महत्व रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
