न्युजिल्याण्डका लागि नेपालको अवैतनिक महावाणिज्यदूतको कार्यालयले वेलिङ्टनमा आयोजित नेपाली राहदानी बायोमेट्रिक नवीकरण कार्यक्रमबाट एक सय २९ जनाले आफ्नो पासपोर्ट नवीकरण सुविधा लिएको जानकारी दिएको छ ।
कार्यक्रम यही मे १९ र २०, २०२६ मा सञ्चालन गरिएको थियो । कार्यालयले राहदानी नवीकरण सेवा सञ्चालन गरेकोमा अष्ट्रेलियास्थित नेपाली दूतावासप्रति आभार व्यक्त गरेको छ । साथै अभियान सफल बनाउन आवश्यक व्यवस्थापन तथा स्वयंसेवी सहयोग पुर्याएको वेलिङ्टन नेपाली समाजलाई पनि धन्यवाद दिएको छ ।
त्यस्तै कार्यक्रमका लागि स्थान उपलब्ध गराएको एभरेष्ट पेटोन तथा अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक र नेपाली समुदायप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ ।ली समुदायप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ ।
वेलिङ्टनमा नेपाली राहदानी बायोमेट्रिक नवीकरण अभियानबाट १२९ नेपालीले लिए सुविधा
