काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा आधा छुट दिने निर्णय गरेको हो।

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार बढ्दो मूल्य र आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।

सरकारले पेट्रोलियम पदार्थको खपत नियन्त्रण गर्न विभिन्न उपायहरू अघि सारेको पनि मन्त्री रावलले बताइन्। आवश्यक परे सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावनासमेत खुला राखिएको उनले उल्लेख गरिन्।