न्यूजील्याण्ड–नेपाल सोसाइटीले आगामी २१ डिसेम्बर २०२५, आइतबार ‘क्रिसमस इन द पार्क’ कार्यक्रम आयोजना गर्ने भएको छ। बिहान ११ बजेपछि सुरु हुने उक्त कार्यक्रममा सहभागी हुन सबै नेपाली समुदायलाई सोसाइटीले एक सूचना मार्फत आग्रह गरेको छ।
नेपाली तथा बहुसांस्कृतिक समुदायलाई एकै स्थानमा ल्याएर पारिवारिक मैत्री वातावरणमा नयाँ वर्ष र क्रिसमस मनाउने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा भोजन, संगीत तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको सोसाइटी जारी गरेको सन्देशमा उल्लेख छ ।
कार्यक्रममा बीबीक्यू, भोलिबल, सिक्रेट सान्ता, बालबालिकाका लागि विशेष उपहार, बाउन्सी क्यासललगायत आकर्षक गतिविधिहरू रहनेछन्। साथै, विद्यार्थी तथा अभिभावकका लागि आपसी परिचय, अन्तरक्रिया कार्यक्रम समेत गरिने पनि उल्लेख छ।
समुदायका सदस्यहरूलाई परिवारसहित उपस्थित भई रमाइलो, हाँसो र सौहार्दपूर्ण वातावरणमा क्रिसमस मनाउन आग्रह गर्दै यस कार्यक्रमले नेपाली समुदायबीचको एकता र आत्मीयता थप सबल हुने अपेक्षा गरेको छ।
सोसाइटीका अध्यक्ष रोशन खडकाले पुरानो वर्षलाई रमाइलोसँग विदा गर्दै नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । परदेशी कुरासँग कुरा गर्दै भने, “यो हाम्रो वार्षिक कार्यक्रममा अन्तर्गत रहेको यो वर्षको अन्तिम कार्यक्रम हो। नयाँ विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गर्ने, नेपाली परिवारलाई एक ठाउँमा भेटघाट गराउने र समुदायबीच आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।”
‘क्रिसमस इन द पार्क २०२५’ कार्यक्रम Tahaki Reserve, Mount Eden मा आयोजना गरिनेछ।
