क्राइस्टचर्च – हियाटा कम्युनिटी क्याम्पसका विद्यार्थीहरूले विद्यालयको लञ्च कार्यक्रममा प्राप्त दूषित खाना खाएकाले उनीहरुमा स्वास्थ्य जोखिमको देखिन सक्ने भन्दै अभिभावहरुलाई त्यसप्रति सचेत रहन भनिएको छ ।

विद्यालयले सोमबार आपूर्ति गरिएका लन्चमध्ये ढुँसी परेको तथा कुहिएको खाना भेटिएको थियो । विद्यालयका प्रधान अध्यपक पेगी ब्ररसोका अनुसार केही विद्यार्थीहरूले पहिल्यै यी खाना खाइसकेका हुन सक्ने भएको आफुहरुले अभिभावलाई त्यसप्रति सजग रहन भनिएको जानकारी हो।

ब्ररसोले भनिन, “कर्मचारीले लन्च खोलेर हेर्दा त्यो पूर्ण रूपमा बिग्रिएको, नमिठो गन्ध आएको र खपत योग्य थिएन। तुरुन्तै हामीले सम्पूर्ण लन्च कार्यक्रम बन्द गर्यौं। तर फोहोर डस्टबिनमा केही विद्यार्थीहरूले यो खाना खाइसकेका प्रमाण पनि भेट्यौं, यसले हामीलाई दुखीत बनायो ।

उक्त लन्चमा सामान्यतया मासु, आलु र तरकारीको तातो परिकार उपलब्ध हुने थियो, तर त्यो पूर्ण रूपमा बिग्रिसकेको बरोस्ले बताइन । विद्यालयका अनुसार, आपूर्ति कम्पनी क्याम्पस ग्रुपले बाँकी लन्च संकलन गरेको छ। कम्पनीले सबै लन्च खोलेर कति दूषित भएको निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय ऋयmउबकक कर्मचारीहरूले पनि यस्तो अवस्था देखेर स्तब्ध भएका थिए।

बरोस्ले थपिन, “केही विद्यार्थीले भने, स्वाद अलि फरक लाग्योु भनी प्रतिक्रिया दिएका थिए, जुन भयावह छ। यदि उनीहरूले दूषित खाना खाएका भए के हुन्थ्यो, सोच्दा पनि डर लाग्छ।” यसअघि मार्चमा विद्यालयले क्याम्पससँगको सम्झौता अन्तर्गत आफ्नो लन्च स्वयं तयार गर्ने अनुमति मागेको थियो, तर सहायक शिक्षा मन्त्री डेभिड सेमुअरले अनुमति नदिने निर्णय गरेका थिए।

बरोस्ले भन्नुभयो कि मंगलबार क्याम्पसबाट अर्को लन्च आपूर्ति हुनेछ, तर अब प्रत्येक लन्च एक वयस्कले जाँच गरेपछि मात्र विद्यार्थीलाई वितरण गरिनेछ।