नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम अन्तिम रूप दिँदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो। नेकपा एमालेको संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’ बन्ने करिब–करिब पक्का भएको छ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने उम्मेदवारहरूको नाम तय गर्दै आयोगमा पठाउने प्रक्रिया अघि बढाएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई तोकिएको समयसीमाभित्र सूची बुझाउन आग्रह गरेको थियो। सोहीअनुसार एमालेले आन्तरिक छलफलपछि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम :

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राना (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घतानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी