स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जानकारी दिएकी छिन् । उनल हालसम्म मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति नरहेको र पुरानो स्वास्थ्य नीतिको संशोधन प्रक्रियाका कारण मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति त्यसमा समावेश हुने अपेक्षा गरिएको भएपनि मन्त्रालयले नयाँ नितिलाई नै प्राथमिकतामा राखेको बताइन ।
मन्त्री गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिएन । सर्वोच्च अदालतको परमादेश अनुसार मानसिक स्वास्थ्य सेवा विस्तारका लागि महाशाखा गठन गर्ने विषयमा सरकारपछि नहट्ने उनको भनाई थियो ।
हाल मन्त्रालयले शाखा स्तरबाट मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै मन्त्री गौतमले भनिन् ‘सरकारको लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ।’