काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार गरिएको छ।
प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो। सोही समितिले आवश्यक छलफलपछि नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो।
समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेल सदस्य रहेका छन्।
समितिले सोमबार पनि विस्तृत छलफल गरी मस्यौदालाई अन्तिम रूप दिएको जनाएको छ।
मस्यौदाको पूर्ण विवरण
