काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। उनका निधनको खबरले परिवार र एमाले कार्यकर्तामा गहिरो शोकको छाया फैलाएको छ।
एमाले सचिव पद्मा अर्यालले यो जानकारी सार्वजनिक गर्दै दुःख व्यक्त गरेकी छन्। केही दिनयता अस्वस्थ रहेका मोहन प्रसाद ओली आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको बताइएको छ।
उनको पार्थिव शरीर यसै दिन ओली निवास गुण्डुमा ल्याउने तयारी भइरहेको छ। दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जानकारी दिएका छन्।
